आवाज
म आवाज
रुद्रघन्टीको आवाज
यो ब्राम्हणकाे आवाज
ममा प्रवीणता रहेको छ
तिमीलाई आकर्षित गर्ने प्रवीणता
उसलाई आकर्षित गर्ने प्रवीणता
सारा ब्रह्माण्डलाई आकर्षित गर्ने प्रवीणता
तिमी मलाई सुन्न चाह या नचाह
मैले तिमीलाई कठघरामा राखेको छु
मबाट फुत्कीेएर तिमी कदापि जान सक्दैनौ
मलाई तिमीले सुन्नै पर्छ
होला हाम्रो अन्तरवार्तामा त्यो नानाथरी कुरा काट्ने दिमाग बीचमा आउला
तर मेरो तरंग यति तेज़ छ कि
मलाई छली तिम्रो कुराउटे दिमाग पनि बस्न सक्दैन
म आवाज
रुद्रघन्टीको आवाज
यो ब्रह्माण्डको आवाज ।
-crystal