ए अल्छिपना
तिमी मर्नै पर्छ म तिमीलाई केही क्षणको लागि त्याग्न पनि सक्छु तर तिमी म भित्रै गाँसिएको छौ तिमीलाई त्यागे भने तिमी नानाथरी बहाना बनाएर फिर्ता आइरहन्छौ त्यसैले तिमी मर्नै पर्छ तिमीलाई मार्न मैले अनेक बिख पनि खाए तर तिमी त्यही झन् जटिल हुँदै रहिरहेऊ त्यो सिलिङ् फ्यानको आडमा डोरी बाधी तिमीलाई मार्न कयौ प्रयास गरे तर तिमी कहिले मरेनौ मानौं तिमिलाई कसैले सञ्जीवनी खुवाइएको छ तर अब तिमीलाई मार्न म कुनै बिख वा डोरीको प्रयोग गर्ने छैन म त अब आफ्ना शब्दहरू र व्यवहारको प्रहार गर्दै तिमीलाई बिस्तारै मार्ने छु मेरो सफलताबाट तिमी बिस्तारै मर्ने छौ तर म तिम्रोलागि मौन गर्ने छैन । -crystal