अन्त्य
लाग्छ रात छोटिदै छ
लाग्छ साथ छोटिदै छ
लाग्छ बात छोटिदै छ
किन लाग्छ थाहा छैन
सायद पुग्यो कि अब ?
सायद सुर्यलाई पनि दिनकै घुम्दा चक्कर लाग्यो की?
सायद त्यसैले चन्द्रमाको चमक पनि हराउँदै गयो कि?
सायद त्यो घडीको समय पनि सकियो कि?
सायद ब्याट्रिहरु पनि सकिए कि?
सायद ब्याट्री बनाउनेहरु पनि सकिए की?
भन्छन् हरेक कुराको अन्त्य हुन्छ
सायद अन्त्यहरु फूलमाला लिएर आउँदै छन् कि?
- crystal