First sight
देखें तिमीलाई यो अन्जान भीडको हुलमा अडिए आँखाको नानी तिम्रो मुहारमा तिम्रो सुन्दरता बयान गर्दा रितिए शब्द शब्दकोशमा आँखा जुध्दा तिमी सँग रहिन म होसमा जब सुने तिम्रो आवाज पुगे भिन्नै देशमा अनेक खै के भावनाहरु नाचे जब नजर पर्यो तिम्रो केशमा मुस्कुराउँदा तिमी शीतलता मिल्यो तनमा थाहाछैन अर्को भेट कहिले हुन्छ तर राखी सके तिमीलाई मेरो यो मनमा । -crystal