रित्तिएको म
स्निग्ध भावहरु पाँजेर
तिमी सम्बन्धको बहाना गर्दै नआउ मतिर
आफ्नो सम्झनाको संगालो र पुलकित भावले भरिएको मन बोकेर
तिमी एकाकार कुष्ठा बोकेर नआउ मतिर
मसँग तिमीलाई दिनको निम्ति केवल क्षणिक मुस्कान मात्र छ
म रित्तिएको छु,आफ्नो सर्वस्व दान गर्दागर्दै
तिमीलाई धपाउन चाहन्छु तर आफ्नो स्वाभिमानले दिँदैन
तिमीलाई धैर्य गर्न भन्न पनि सक्दिन
म अलपत्र भएकी छु
मसँग त बेदनाले भरिएको अक्षयकोष मात्र
रहेको छ।
-crystal