हत्यारा


हत्यारा हौ तिमी,

सपनाको हत्यारा,

आशाको हत्यारा,

साँसको हत्यारा,

अनि साहसको हत्यारा ।

होला, तिम्रो हात रातो रगतले रङ्गिएको छैन होला,

तर रगत सधैँ रातो कहाँ हुन्छ र?

कहिले तिम्रो तीतो बोलीमा लुकेको हुन्छ,

त कहिले तिम्रो कुकर्ममा,

अनि कहिले तिम्रो घिनाउना वृत्त सोचमा ।

ए तिमी,

किन यति लालचमा डुबेको?

अरूको जीवनमा कति चाँसो?

तिमी आफ्नो छवि सिँगारी, प्रदर्शन गर्दै हिड्छौ,

मानौ तिमी नै सर्वस्व हौ, "सर्वश्रेष्ठ तिमी",

तर तिमी त बस् एउटा आम पात्र मात्र हौ,

काँडाको पखेटा फडफडाई आफूलाई परि सम्झन्छौ,

हरेक नाचमा आफ्नो सह पात्रको छालामा रातो रङ्गाइदिन्छै, 

जानी वा नजानी ।

तिम्रो अवचेतन मनले कुकर्मको पाईला बिस्तारै चाल्दै हिड्छौ,

अनि यो सबै नाटक गर्दा गर्दै तिमी आफ्नै हत्या गर्नेछौं।

                                                         -crystal

Popular posts from this blog

Unfound longing

Unbound from you

Reincarnation

आवाज